२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीसँग आर्सनलको लज्जास्पद हार, उपाधि होडमा ठूलो धक्का



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले शीर्षस्थानको आर्सनललाई ४-१ गोलले पराजित गरेको हो ।

उपाधि होडमा रहेका दुबै टिमको खेललाई निकै महत्वपूर्ण रुपमा हेरिएको थियो । सिटीलाई घरेलु मैदानमा जित दिलाउन केभिन डि ब्रुएनाले दुई तथा जोन स्टोन्स र एर्लिङ हालाण्डले एक-एक गोल गरे । आर्सनलका रव होल्डिङले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा नै डि ब्रुएनाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा स्टोन्सले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ५४ औं मिनेटमा डि ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा सिटी ३-० ले अघि बढ्यो ।

८६ औं मिनेटमा आर्सनलका होल्डिङले एक गोल फर्काउँदा आर्सनले ३ १ को स्थितीमा पछाडि रह्यो । यस्तै, खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०+५ मिनेटमा हालाण्डले एक गोल थप्दा सिटी ४-१ ले विजयी बन्यो । यो हारसँगै आर्सनलको उपाधि होडमा ठूलो धक्का पुग्दा सिटीले भने अंकदुरी घटायो ।

सिटीसँग आर्सनल भन्दा दुई खेल कम खेलेको फाइदा पनि छ । यो नतिजासँगै ३३ खेलबाट ७५ अंकका साथ आर्सनल तालिकाको शीर्षस्थानमा रहँदा सिटी ३१ खेलबाट ७३ अंकका साथ दोस्रो स्थानमा छ ।




भर्खरै