९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

सिजनकै उच्च स्कोर बनेको खेलमा चेन्नईले कोलकातालाई ४९ रनले हरायो

सिजनकै उच्च स्कोर बनेको खेलमा चेन्नईले कोलकातालाई ४९ रनले हरायो
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२३ को ३३ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा चार विकेट गुमाएर २३५ रन बनाएको थियो ।

अजिंक्य रहाणेले २९ बलमा ७१ रनको अविजित इनिङ खेले । यसबाहेक शिवम दुबेले २१ बलमा ५० रन र डेभोन कोनवेले ४० बलमा ५६ रन बनाए ।

जवाफमा कोलकाताको टोलीले २० ओभरमा आठ विकेट गुमाएर १८६ रन बनाउन सक्यो । जेसन रोयले २६ बलमा सर्वाधिक ६१ रन बनाए । सोही क्रममा रिंकु सिंहले ३३ बलमा ५३ रनको अविजित इनिङ खेले ।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा चार विकेट गुमाएर २३५ रन बनाएको थियो । यो यस सिजनको सबैभन्दा ठूलो स्कोर थियो । यसअघि इडेन गार्डेनमा सनराइजर्स हैदरावादले केकेआरविरुद्ध २२८ रन बनाएको थियो ।

आईपीएलमा चेन्नईको यो तेस्रो उच्च स्कोर हो । यसअघि चेन्नईले सन् २०१० मा राजस्थानविरुद्ध २४६ र सन् २००८ मा पञ्जाबविरुद्ध २४० रन बनाएको थियो । आईपीएलमा सर्वाधिक रन बनाउने कीर्तिमान रोयल च्यालेन्जर्स बैंग्लोरको नाममा छ । उनले सन् २०१३ मा बेंगलुरुमा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो ।

चेन्नईको इनिङ्स
पहिले ब्याटिङ गरेको चेन्नईको सुरुवात खराब रह्यो । ऋतुराज गायकवाड र डेभोन कोनवेले पहिलो विकेटका लागि ७३ रन जोडे । सुयश शर्माले ऋतुराजलाई क्लिन बोल्ड गरे । उनले २० बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै ३५ रन बनाउन सके । यसपछि वरुण चक्रवर्तीले कोनवेलाई आउट पारे । आउट हुनु अघि, उनले यो सिजन लगातार चौथो अर्धशतक र आईपीएल करियरको सातौं अर्धशतक प्रहार गरे । कोनवे ४० बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ५६ रन बनाएर आउट भए ।

यसपछि इडेन गार्डेनमा अजिंक्य रहाणे र शिवम दुबेको तुफानी ब्याटिङ देखियो । दुवैले ३४ बलमा ८५ रनको साझेदारी खेले । रहाणेले आफ्नो आईपीएल करियरको ३०औं अर्धशतक २४ बलमा पूरा गरे भने यो सिजनको दोस्रो अर्धशतक हो । सोही क्रममा शिवम दुबेले २० बलमा अर्धशतक बनाए । यो उनको आईपीएल करियरको पाँचौं अर्धशतक हो । तर, शिवम अर्धशतक बनाएर आउट भए । उनलाई कुलवन्त खेजरोलियाले जेसन रोयको हातमा क्याच आउट गरेका थिए । शिवमले २१ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रनको इनिङ खेले ।

रविन्द्र जडेजा आठ बलमा दुई छक्का प्रहार गर्दै १८ रन बनाएर आउट भए । रहाणेले २९ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७१ रनको अविजित इनिङ खेले । यस क्रममा उनको स्ट्राइक रेट २४४.८३ थियो । महेन्द्र सिंह धोनी तीन बलमा दुई रन बनाएर अविजित रहे । कोलकाताका कुलवंतले दुई विकेट लिए । यस्तै वरुण चक्रवर्ती र सुयश शर्माले एक–एक विकेट लिए ।

कोलकाताको इनिङ्स
२३६ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीको सुरुवात खराब रह्यो । टोलीले एक रनमा दुई विकेट गुमाएको थियो । सुनिल नारायण खाता नखोलेर आउट भए । सोही क्रममा एन जगदीशन एक रन बनाएर आउट भए । यसपछि वेंकटेश अय्यरले पनि खास केही गर्न सकेनन् र २० बलमा २० रन बनाएर आउट भए ।

कप्तान नितिश राणा र जेसन रोयले कोलकाताको इनिङ्सलाई सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि २४ रनको साझेदारी गरे । रन रेट बढाउने क्रममा नितिशले आफ्नो विकेट गुमाए । उनले २० बलमा चार चौका र एक छक्काको मद्दतले २७ रनको इनिङ खेले । यसपछि इडेन गार्डेनमा जेसन रोयको तुफानी ब्याटिङ देखियो । उनले १९ बलमा अर्धशतक बनाए । तर, उनले अर्धशतक बनाएपछि विकेट गुमाए । रोयले २६ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको इनिङ खेले । उनले रिंकु सिंहसँग पाँचौं विकेटका लागि ६५ रनको साझेदारी गरे ।

आन्द्रे रसेलले ६ बलमा ९ रन, डेभिड वेसले एक रन, उमेश यादवले चार रन बनाए । रिंकु सिंहले ३३ बलमा तीन चौका र चार छक्काको मद्दतले ५३ रन बनाएर अविजित रहे । चेन्नईका लागि तुषार देशपाण्डे र महेश टिक्षानाले २–२ विकेट लिए । त्यस्तै आकाश सिंह, मोइन अली, रविन्द्र जडेजा र मथिशा पाथिरानाले एक–एक विकेट लिए ।

यो सिजन सिएसकेको लगातार तेस्रो जित हो । योसँगै चेन्नई सुपर किंग्सको टोली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । उसको सात खेलमा पाँच जित र दुई हारसहित १० अंक छ । यस्तै, कोलकाताको टोलीले सात खेलमा दुई जित र पाँच हारसहित चार अंक जोडेको छ । टोली अंक तालिकाको आठौं स्थानमा छ ।