२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरले राजस्थानलाई ७ रनले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा बैंगलोरले राजस्थानलाई ७ रनले पराजित गरेको हो । १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रनमात्र जोड्यो ।

राजस्थानका लागि देवदुत पडिक्कलले ३४ बलमा ५२, यजश्वी जैसवालले ३७ बलमा ४७, ध्रुव जुरेलले १६ बलमा ३४, सञ्जु सामसनले १५ बलमा २२, रविचन्द्र अश्विनले ६ बलमा १२ रन जोडे । जोस बटलर शून्य रनमा आउट हुँदा शिमरोन हेटमायरले ९ बलमा ३ रनमात्र जोडे ।

बलिङतर्फ बैंगलोरमा हर्षल पटेलले तीन तथा डेभिड वीली र मोहम्मद सिराजले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको बैंगलोरले २० ओभरमा ९ विकेटको क्षतिमा १८९ रन जोडेको थियो । ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रनको योगदान दिए । ४४ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै, कप्तान फाफ डु प्लेसिसले ३९ बलमा ६२ रन जोडे । विराट कोहली शून्य रनमै आउट भए । दिनेश कार्तिकले १३ बलमा १६ रन जोडे ।

बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट र सन्दीप शर्माले दुई–दुई विकेट लिँदा रविचन्द्र अश्विन र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।