२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः बैंगलोर र राजस्थानबीच कडा टक्कर, कसको पल्ला भारी ?



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनमा आज फेरि दोहोरो हेडर खेल हुँदैछ । पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र राजस्थान रोयल्स (आरआर)बीच बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै, साँझ ७ः४५ बजे कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

आरसीबीको घरेलु मैदान एम चिन्नास्वामी मैदानमा दुई टोलीबीच नौ खेल भइसकेका छन् । जसमा राजस्थानले चार र बेंलोरले दुईमा जित हात पारेको छ । तीन खेल भने अनिर्णित भएको छ । यसरी यस मैदानमा राजस्थानको कीर्तिमान बैंगलोरभन्दा राम्रो छ ।

यो सिजन रोयल च्यालेन्जर्स बैंगलोरको सातौं खेल हुनेछ । टोलीले यो सिजन मिश्रित प्रदर्शन गरेको छ । उसले अहिलेसम्म ६ खेल खेलिसकेको छ । जसमा तीन खेलमा जित र समान संख्यामा हार बेहोरेको छ ।

आरआरविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा र वेन पार्नेल हुन सक्छन् । यी बाहेक विराट कोहली, हर्षल पटेल र मोहम्मद सिराज जस्ता शीर्ष श्रेणीका भारतीय खेलाडीहरूले पनि टोलीलाई बलियो बनाउँदैछन् ।

यो सिजन राजस्थान रोयल्सको पनि सातौं खेल रहेको छ । टोलीले यो सिजन उत्कृष्ट प्रदर्शन जारी राखेको छ । उसले अहिलेसम्म ६ खेल खेलेको छ जसमा चार जित र दुईमा हार बेहोरेको छ । टोली हाल ८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

आरसीबीविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट र जेसन होल्डर हुन सक्छन् । यी बाहेक सञ्जु सामसन, यशस्वी जैसवाल र रविचन्द्रन आश्विन जस्ता शीर्ष श्रेणीका भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाएका छन् ।

राजस्थान र बेंगलुरुबीच हालसम्म कुल २७ खेल खेलिएका छन्, जसमा बैंगलोर अगाडि छ । बैंगलोरले १३ खेल जितेको छ भने राजस्थानले १२ खेल जितेको छ । यस्तै, दुई खेलको भने नतिजा आउन सकेन ।

एम चिन्नास्वामी स्टेडियमको पिचमा बलरहरू समस्यामा परेका छन् । यो मैदानमा ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्दछन् । आजको खेल अर्को उच्च स्कोरिङको खेल बैंगलोरमा देख्न सकिनेछ ।

आइतबार बैंगलोरमा मौसम राम्रो हुनेछैन । बदली रहनेछ, हल्का वर्षाको सम्भावना छ । मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । तापक्रम २१ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती – ११
राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान र विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, रियान पराग, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, ध्रुव जुरेल, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल, सन्दीप शर्मा र जेसन होल्डर ।

रोयल च्यालेन्जर्स बैंगलोरः फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, महिपाल लोमरर, ग्लेन म्याक्सवेल, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकिपर), वानिन्दु हसरंगा, हर्षल पटेल, मोहम्मद सिराज, वेन पारनेल र सुयश प्रभुदेसाई ।

अंकतालिकाः