९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सचिन तेन्दुलकरका छोरा अर्जुन भन्छन् – हरेक खेलअघि बुबासँग कुरा हुन्छ

सचिन तेन्दुलकरका छोरा अर्जुन भन्छन् – हरेक खेलअघि बुबासँग कुरा हुन्छ
अ अ+ अ-

एजेन्सी । अर्जुन तेन्दुलकरले आईपीएल २०२३ मा सनराइजर्स हैदरावाद विरुद्ध आफ्नो टोली मुम्बई इन्डियन्सलाई जिताएपछि बुबासँग भएको कुराकानी खुलासा गरेका छन् ।

अर्जुनका लागि यो खेल अविस्मरणीय रहनेछ, किनकि यो खेलमा उनले आफ्नो आईपीएल करियरको पहिलो विकेट लिएका थिए । २३ वर्षीय अर्जुनले २० औं ओभरमा उत्कृष्ट बलिङ गर्दै आईपीएलको पहिलो विकेट लिएका हुन् । यस क्रममा उनका पिता सचिन तेन्दुलकर पनि ड्रेसिङ रुममा उपस्थित थिए ।

यस खेलमा १९३ रनको लक्ष्य पछ्याएको हैदरावादको टोलीलाई जितका लागि अन्तिम ओभरमा २० रन आवश्यक थियो । यो ओभरमा अर्जुनले भुवनेश्वर कुमारलाई पेभिलियन पठाए । योसँगै मुम्बईले खेल १४ रनले जित्यो ।

खेलपछि आफ्नो खेलको बारेमा कुरा गर्दै अर्जुनले भने, ‘आईपीएलमा आफ्नो विकेट पाउनु पक्कै राम्रो थियो । हामीले हातमा के छ, योजना के थियो र कसरी कार्यान्वयन गर्ने भन्नेमा मात्र ध्यान केन्द्रित गर्नु थियो ।’

अर्जुनले थपे ‘मलाई बलिङ मन पर्छ, कप्तानले भनेजति बेला बलिङ गर्न पाउँदा म खुसी छु । म टिमको योजनामा ​​अडिग रहने र आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्छु । हामी (सचिन तेन्दुलकर र अर्जुन) क्रिकेटको रणनीतिबारे छलफल गर्छौं । मलाई हरेक खेल अघि अभ्यास गरेको कुरामा अडिग रहन मेरो बुबाले भन्नुहुन्छ । हरेक खेलअघि मलाई बुबाले सल्लाह दिनुहुन्छ ।’

यस खेलमा मुम्बई इन्डियन्सले पहिले ब्याटिङ गर्दै १९२ रन बनाएको थियो । क्यामरन ग्रीनले आईपीएलमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्दै अविजित ६४ रन बनाए । त्यस्तै, तिलक वर्माले १७ बलमा ३७ रन बनाए । जवाफमा हैदरावादका मयंक अग्रवाल (४८ रन) र हेनरिक क्लासेन (३६ रन) ले आफ्नो टोलीलाई लक्ष्यको नजिक लैजाने प्रयास गरे पनि दुवैले आफ्नो टोलीलाई जिताउन सकेनन् ।