६ पुष २०८२, आईतवार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्छु: गृहमन्त्री श्रेष्ठ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्ने बताउनुभएको छ ।

गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने उल्लेख गर्दै भन्नुभयो, “अवान्छित चलखेलबाट मुक्त राखिन्छ ।”

सुरक्षा निकाय हाम्रो गौरव हुन् भन्दै गृहमन्त्री श्रेष्ठले सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्‍यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्‍यो भने मनोबल उठ्दैन ।” सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिने उहाँको भनाइ थियो ।

गृह प्रशासनमा विचौलियाको भूमिकालाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले गृह प्रशासन र प्रहरीमा यसअघि रहेको धारणा नै परिवर्तन गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँका अनुसार ठूलाबडा, सम्पन्न धनीमानी, पहुँच भएका, शक्ति केन्द्रमा जान सक्नेको कुरा सुन्ने, उनीहरुले भेटघाट गर्न पाउने तर सर्वसाधारणले भेटघाट गर्न नै नपाउने एप्रोच नै चेन्ज गर्नुपर्छ ।

प्रहरीले अब गरिब, दलित, पिछडिएको, शक्ति केन्द्रमा धाउन नसक्ने जनतालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो ।