२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग रास्वपाको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताउनु भएको हो । काठमाडौं विश्वकै प्रदुषित सहरको पहिलो सूचिमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरुबारे पनि सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘नयाँ वर्षको आगमनसँगै एउटा नयाँ चिन्ता आगमन भएको छ ।

काठमाडौं संसारकै प्रदुषित सहरको पहिलो सूचिमा परेको छ । काठमाडौंका एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाईल्याण्डको चियाङमाई सहर रहेको छ । यसरी काठमाडौं विश्वकै प्रदुषित सहरको सूचिमा पर्ने घटना पहिलो पटक भने होइन । केही वर्षयता यो क्रम निरन्तर देखा परिरहेको छ । त्यसैले वायु प्रदुषण नियन्त्रण र रोकथामका लागि अल्पकालिन, मध्याकालीन र दीर्घकालीन योजनाहरु के के बनाइएका छन ? तिनको कार्यान्वयनको अवस्था के, कस्तो छ भन्ने सम्बन्धित निकायले सदनलाई जानकारी दिनका लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु ।’

सांसद डाँगीले काठमाडांै प्रदुषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।