२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न राप्रपाको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उहाँले मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे राप्रपा पनि सडक संघर्षमा जाने चेतावनी दिनुभयो । सोमबार काठमाडौँको शान्तिवाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भर्त्सना गर्दै उहाँले न्यायको माग गर्दै आएका मिटरब्षज पीडितहरुलाई सरकारले निर्मम ढंगले आक्रमण गरेको बताउनुभयो ।

“सरकारले मिटरब्याज पीडित र तराइमा आन्दोलनरत हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गरोस् । अन्यथा जिम्मेवार राजनीतिक पार्टीको नाताले राप्रपा उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्न चाहन्छु”, अध्यक्ष लिङ्देनले भन्नुभयो ।

गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना देखाएको पार्टी नेकपा (माओवादी केन्द्र)र उसको नेतृत्व प्रधानमन्त्री भएका बेला गरिब र निमुखाहरुमाथि बर्बर आक्रमण हुनु दुःखद रहेको उहाँको भनाइ थियो ।