२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालक छतबाट खसेको प्रकरणमा लामिछानेको आग्रह– ‘चोट लागेको बेला नुन–चुक बोकेर नआउनु होला’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुःखको घडिमा स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

आफ्ना गाडी चालक दिलबहादुर थापा (शम्भु) छतबाट खसेर घाइते भएपछि उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी आउन थालेपछि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘बिहानैदेखि निरन्तर र भर्खरैपनि मैले चिकित्सकसँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ, स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ । यस्तो बेला यो भन्दा धेरै मसँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला ।’ लामिछानेले भनेका छन् ।

उनले अगाडि भनेका छन् – ‘चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनुहोला । स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला ।’

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भएका ३९ वर्षिय थापा आज बिहान भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेर गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । उनको भेन्टिलेटरको सहायतामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार जारी छ ।