२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षपछि लालपुर्जा फुकुवा हुदाँ स्थानियहरु खुशी



अ+ अ-

नवलपरासी । लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानियहरु खुशी भएका छन् ।

वि.स. २०६७ मा जग्गा पुर्जा प्राप्त गरेपनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो । रोक्का भएको लालपुर्जा फुकुवा भएपछि स्थानियहरु हर्षित भएका हुन् ।

१२ वर्षपछि जग्गा फुकुवा हुदाँ आफूहरु हर्षित भएको भन्दै राष्ट्रिय भूमि अयोग जिल्ला समितिले राम्रो काम गरेको स्थानियहरुले बताए । विभिन्न समयमा राजनैतिक दलका नेताले आआफ्नो एजेण्डा बनाउनकै लागि विभिन्न कालखण्डका आयोगहरुलाई दोष दिएको स्थानियको बुझाई छ ।

राष्ट्रिय भूूमि अयोग जिल्ला समितिका अध्यक्ष देवराज भण्डारीले आफूहरु आयोगमा आएको दुई महिनाभित्रै काम टुङिग्याएको बताउनु भयो । पटकपटक जग्गा फुकुवा भयो भनेर झुक्एिका स्थानियहरु शुरुमा जग्गा फुकुवा भयो भन्दा नपत्याएको बताउनु भयो । उहाँले पछि मालपोतबाट जग्गाको काम भएपछिमात्र स्थानियहरुले विश्वास गरेको भण्डारीको भनाई छ ।

पश्चिम नवलपरासीमा पटकपटक बनेका भूमि सम्वन्धि आयोगले विगतमा जग्गा नापजाँच लगायतका कार्यहरु गरेपनि पूर्णता भने दिन सकेका थिएनन् । पछिल्लो पटक वनेको राष्ट्रिय भूमि आयोगले भने सुनवलसहित जिल्लाभर करिव ११ सय लालपुर्जा फुकुवा गरेको छ । त्यस्तै नयाँ जग्गा नापजाँच र यही वैशाख पहिलो हप्तादेखि राजश्व संकलन गर्ने र पुर्जा वितरण गर्ने राष्ट्रिय भूमि अयोग जिल्ला समितिले जनाएको छ ।