१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

म्याग्दीमा  आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति
अ अ+ अ-

म्याग्दी । वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पुर्‍याएको छ ।

आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन सकिएको छैन । यसैगरी गत शुक्रबारदेखि बेनी –२ ज्यामरुककोटको सल्लेरी र अर्थुङ्गे सामादायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

गजुरे वनको आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्त्रणमा जुटेका छन् । आगलागी हल्लेगौडा, पोलधारा, सल्देनालगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको जनाइएको छ । प्रतिकूल मौसमका कारण आइतबार दिउँसो केहीबेर नियन्त्रणमा रहेको आगलागी साँझपख नियन्त्रण बाहिर गएको बेनी नगरपालिका–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

“अहिलेसम्म गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्”, उहाँले भन्नुभयो । आगलागीबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजारसहित टोली पुगेको वडाध्यक्ष पुनले बताउनुभयो ।

“मानवीय क्षति हुनबाट जोगाउने प्रयासमा छाँै, सामान्य अवस्थामा आगलागीलाई नियन्त्रण गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । घरेलु सामग्रीको भरमामात्र नियन्त्रणमा कठिन भएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी पठाइए पनि भिरालो जमिन भएकाले निभाउन जान कठिन भएको बताउनुभयो “सुक्खा र भिर भएकाले पनि सहजै निभाउन सकिएको छैन । भिरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो ।

आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाइ छ । गाउँलेले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्निरेखा बनाउन जुटेका छन् । उक्त सामुदायिक वनमा बाँदर, खरायो, मृगलगायतका जनावर र चराचुरुङ्गीको वासस्थान थियो । सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ । आइतबार दिउँसो सामान्य वर्ष भएको अवस्थामा आगो नियन्त्रणको अनुमान गरिएको थियो ।

यसैबीच यस वर्ष जिल्लाभर करिब ७० हेक्टर क्षेत्रफलमा आगलागी भएको सो कार्यालयले जनाएको छ । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरण सङ्कलनको काम चलिरहेको जनाउँदै उहाँले बुधबारसम्ममा सबै यकिन हुने जानकारी दिनुभयो । आगलागीमा संलग्न जो कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताउनुभयो ।

आगलागीका कारण वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ । तुवाँलो लागेजस्तै गरी बिहानैदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ । घरबाट बाहिर निस्किँदा धुवाँको गन्ध सहजै अनुभूति गर्न सकिने अवस्था छ भने कतिपयले आँखा पोल्ने समस्या आएको पनि बताएका छन् ।

स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने बेनी अस्पतालका चिकित्सक खगराज निउरे बताउनुहुन्छ । धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनुका साथै दम वा क्रोनिकब्रोन्काइटि जस्ता समस्या आएका उहाँको भनाइ छ । रासस