१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन

नेपाल आउँदै भाजपा विदेश विभाग प्रमुख चौथाइवाले

नेपाल आउँदै भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
विजय चौथाइवाले र नेपाली काङ्ग्रेसकी नेत्री डा आरजू राणा देउवा
अ अ+ अ-

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाइवाले नेपाल आउँदै हुनुहुन्छ । सडक मार्ग हुँदै आइतबार साँझ नेपाल आउन लागेका चौथाइवाले धनगढीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

भारतको अन्तर्राष्ट्रिय सहयोग परिषद् (एआरएसपी) र नेपाल–भारत सहयोग मञ्च (नेपाल) को आयोजनामा शनिबारदेखि धनगढीमा भइरहेको ‘मानस खण्ड’ कार्यक्रम कार्यक्रममा सहभागी चौथाइवाले नेपाल आउन लाग्नुभएको हो ।

उक्त कार्यक्रममा नेपाल–भारतका नागरिक तथा सांस्कृतिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ । सो कार्यक्रममा सहभागी भएर उहाँ मंगलबार काठमाडौँ आउने बताइएको छ ।

सोमबार हुने एउटा सत्रको अध्यक्षता नेपाली काङ्ग्रेसकी नेत्री डा आरजू राणा देउवाले गर्नुहुनेछ भने सोही सत्रको सह अध्यक्षता भाजपाका विदेश विभाग प्रमुख चोथाइवालेले गर्नुहुनेछ ।

उक्त सत्रमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भगतसिंह तोला, शैलेन्द्र खनाल लगायत वक्ता रहनुभएको बताइएको छ । चौथाइवाले प्रधानमन्त्री प्रचण्डलगायत शीर्ष नेताहरूलाई भेटेर दिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ ।