३ माघ २०८१, बिहीबार
,
Latest
आजका लागि विदेशी मुद्राको विनिमय दर कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन नर्थ लण्डन डर्बी: आर्सनलले टोटेनहमलाई हरायो अधिकारकर्मी ज्योति बानियाँले भने– वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेमाथि अदालतले हस्तक्षेप गरोस् सर्वोच्च अदालतले खारेज गर्‍यो निकुञ्ज र आरक्षमा विकास आयोजनाको अनुमति दिने कानुन पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो शुद्ध खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक सहयोग गर्न मन्त्री यादवको आग्रह धरौटी बुझाएर रिहा भए रवि लामिछाने सुशासन र विकासका लागि सहमतिमै अध्यादेशहरु ल्याइएको होः प्रधानमन्त्री कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा पोखरेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा लगभग टुंगियो मन्त्री बन्नेहरुको नाम



file photo
अ+ अ-

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट थप मन्त्री बन्नेहरुको लगभग टुंगो लागेको छ । सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसलाई ८ वटा मन्त्रालय दिने सहमति भएको थियो । तर पार्टीभित्रै मन्त्री बन्नेहरुमा भागबन्डा नमिलेपछि कांग्रेसले ४ जना मात्र मन्त्री सरकारमा पठाएको छ ।

शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडानबाट पछि नहटेपछि चैत १७ मा सभापति शेरबहादुर देउवाले आफ्ना समूहका चार नेतालाई मात्र मन्त्रिमण्डलमा पठाएका थिए ।

अब बाँकी रहेको चार मन्त्रीको कोटामा उपसभापति धनराज गुरुङ, नेताहरु मोहन बस्नेत, एनपी साउद, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री बन्ने स्रोत बताउँछ ।

साउद र बस्नेत संस्थापन समूहका हुन् । बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दाबी गर्दै आएकाले साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना रहेको बताइन्छ । यस्तै, डिगबहादुर लिम्बुलाई कानुनमन्त्री बन्न भनिएको छ । कांग्रेसबाट मन्त्री बन्नेहरुको लगभग टुंगो लागेसँगै आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको नेताहरु बताउँछन् ।