२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

अव अरुलाई दोष दिएर उम्कन मिल्दैन, हामीले परिणाममुखि काम गर्नुपर्छ– गगन थापा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखि काम गर्न सरकारलाई सुझाव दिनु भएको छ ।

संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको काँग्रेस सहितको सरकारले अव अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उहाँले दोहोर्‍याउनु भयो । मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गर्नु भयो ।

उहाँले ५ वर्षपछि नेपाली काँग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउनु भयो । महामन्त्री थापाले भन्नु भयो, ‘पाँच वर्षको अवधि छ । मैले भनिरहेको छु– म नेपाली काँग्रेसको एउटा कार्यकर्ता हुँ । संघमा काँग्रेसका सरकार, प्रदेशमा काँग्रेसको सरकार, ४ सय भन्दा बढि ठाउँमा गठबन्धन सरकार छ । अघि पूर्वप्रधानमन्त्रीले भनेर गईसक्नु भएको छ । त्यो ठिक, बेठिक छौंडौं । तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं । अव कसैलाई दोष दिएर पाईदैन । अव भूतप्रेतलाई भनेर पनि पाईन्न । भूतपूर्व राजालाई भनेर पनि पाईन्न ।’

‘अव नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाईन्न । गर्ने जिम्मा लिएर आएपछि अव हामीले गर्नु पर्छ । अवको पाँच वर्ष पछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली काँग्रेसको तर्फबाट बोल्दै गर्दाखेरी यो भयो, यो भयो भनेर बोल्न पाएको पो उपलब्धि भो त । जिम्मा हामीले लिने । संघको सरकार हामीले चलाउने । ५ वर्ष देशको सरकार कसले चलाउने ?काँग्रेसले चलाउने । प्रदेश र स्थानीय सरकार हामीले चलाउने । अव कसैलाई दोष पन्छाएर पाईन्न । परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ । त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौ ।’

महामन्त्री थापाले शिक्षकहरुको तलव, भत्ता बढाउन पनि सरकारसँग माग गर्नु भयो । शिक्षकहरुलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यक्ता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उहाँको भनाई थियो ।

महामन्त्री थापाले भन्नु भयो, ‘अवको ३/४ महिना भित्र संघीय शिक्षा ऐन पारित गर्नु पर्नेछ । ऐन त पारित गर्ने र तर ठिक बनेन भने के गर्ने ? यो ऐनले समस्या समाधान गर्नु पर्‍यो । अव स्कुल मर्जर गरेर नगई हुँदैन । ठूल्ठूला विद्यालय चाहिन्छ । फण्डिङ त्यही अनुसारको चाहिन्छ । शिक्षकलाई खुशी बनाउने गरी उनीहरुको तलव, मान सम्मानमा सरकार पूरै उदार भएर काम गर्नु पर्दछ । अनि मात्रै शिक्षकहरुको काममा पनि उदारताको अपेक्षा गर्न मिल्छ ।’

महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गर्नु भयो ।