२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल ला लिगा अन्तर्गत शीर्षस्थानको बार्सिलोनाले बराबरी खेलेको छ ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले आफ्नो मैदान क्याम्प नोउमा जिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा दबाब सिर्जना गरेपनि बार्सिलोना गोल भने निकाल्न सकेन । बराबरीको नतिजापछि बार्सिलोना २८ खेलबाट ७२ अंकका साथ शीर्षस्थानमा यथावत छ ।

दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ५९ अंक छ । यस्तै, जिरोना ३५ अंकका साथ ११ औं स्थानमा छ ।