२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकातालाई अर्को झट्का, शकिबले गरे आईपीएल नखेल्ने घोषणा



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्स समस्यामा परेको छ । पहिलो समस्या टोलीका कप्तान श्रेयस अय्यर चोटका कारण प्रतियोगितामा सहभागी भएनन् ।

अब टिमका स्टार अलराउन्डर पनि आईपीएलमा टिमसँग नरहने भएका छन् । खेलकुद वेबसाइट क्रिकबजका अनुसार बंगलादेशका कप्तान शकिबले मंगलबार यो जानकारी दिएका हुन् ।

शकिबका अनुसार उनले बंगलादेशका लागि आयरल्यान्डविरुद्धको टेस्ट खेल्न बाँकी छ । त्यसपछि व्यक्तिगत कारणले उनले यस वर्षको प्रतियोगितामा सहभागी नहुने बताएका हुन् ।

अर्कोतर्फ केकेआर र बंगलादेश टोलीका खेलाडी लिटन दास पनि आयरल्याण्डविरुद्धको टेष्ट खेलपछि मात्र केकेआरको क्याम्पमा सामेल हुनेछन् ।

१.५ करोडमा बिक्रि भएका थिए शकिब
आईपीएल २०२३ को लिलामीमा केकेआरले साकिब अल हसनलाई १.५ करोडमा किनेको थियो । क्रिकबजको रिपोर्टका अनुसार सिजन अघि नै फ्रेन्चाइजी र शकिबबीच खटपट भएको थियो । बीसीबी अर्थात बंगलादेश क्रिकेट बोर्डले शकिब र लिटन दासलाई रिहा गर्न अस्वीकार गरेको छ । ताकि दुवै मिरपुर टेस्टको हिस्सा बन्न सकुन् ।

सुरुमा साकिब र दास टेस्ट म्याच छाडेर केकेआरको हिस्सा बन्न सक्छन् भन्ने फ्रेन्चाइजीलाई लागेको थियो तर त्यसो भएन ।

बंगलादेश क्रिकेट बोर्डले मे ९ बाट बंगलादेश र आयरल्याण्डबीच ३ खेलको एकदिवसीय सिरिज हुने जनाएको छ । जसका कारण लिटन दास मे १ गतेसम्म मात्रै टिममा आउन सक्नेछन् । लिटन दसलाई केकेआरले ५० लाखको आधार मूल्यमा किनेको थियो । लिटनले केकेआर व्यवस्थापनलाई आफूले लिग खेल्ने जानकारी दिएका छन् । उनी १० अप्रिलमा कोलकाता पुग्नेछन् । केकेआरले फाफ डु प्लेसिसको नेतृत्वमा रहेको आरसीबीसँग अप्रिल ६ मा कोलकाताको इडेन गार्डेनमा खेल्नेछ ।