९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

कोलकातालाई अर्को झट्का, शकिबले गरे आईपीएल नखेल्ने घोषणा

कोलकातालाई अर्को झट्का, शकिबले गरे आईपीएल नखेल्ने घोषणा
अ अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्स समस्यामा परेको छ । पहिलो समस्या टोलीका कप्तान श्रेयस अय्यर चोटका कारण प्रतियोगितामा सहभागी भएनन् ।

अब टिमका स्टार अलराउन्डर पनि आईपीएलमा टिमसँग नरहने भएका छन् । खेलकुद वेबसाइट क्रिकबजका अनुसार बंगलादेशका कप्तान शकिबले मंगलबार यो जानकारी दिएका हुन् ।

शकिबका अनुसार उनले बंगलादेशका लागि आयरल्यान्डविरुद्धको टेस्ट खेल्न बाँकी छ । त्यसपछि व्यक्तिगत कारणले उनले यस वर्षको प्रतियोगितामा सहभागी नहुने बताएका हुन् ।

अर्कोतर्फ केकेआर र बंगलादेश टोलीका खेलाडी लिटन दास पनि आयरल्याण्डविरुद्धको टेष्ट खेलपछि मात्र केकेआरको क्याम्पमा सामेल हुनेछन् ।

१.५ करोडमा बिक्रि भएका थिए शकिब
आईपीएल २०२३ को लिलामीमा केकेआरले साकिब अल हसनलाई १.५ करोडमा किनेको थियो । क्रिकबजको रिपोर्टका अनुसार सिजन अघि नै फ्रेन्चाइजी र शकिबबीच खटपट भएको थियो । बीसीबी अर्थात बंगलादेश क्रिकेट बोर्डले शकिब र लिटन दासलाई रिहा गर्न अस्वीकार गरेको छ । ताकि दुवै मिरपुर टेस्टको हिस्सा बन्न सकुन् ।

सुरुमा साकिब र दास टेस्ट म्याच छाडेर केकेआरको हिस्सा बन्न सक्छन् भन्ने फ्रेन्चाइजीलाई लागेको थियो तर त्यसो भएन ।

बंगलादेश क्रिकेट बोर्डले मे ९ बाट बंगलादेश र आयरल्याण्डबीच ३ खेलको एकदिवसीय सिरिज हुने जनाएको छ । जसका कारण लिटन दास मे १ गतेसम्म मात्रै टिममा आउन सक्नेछन् । लिटन दसलाई केकेआरले ५० लाखको आधार मूल्यमा किनेको थियो । लिटनले केकेआर व्यवस्थापनलाई आफूले लिग खेल्ने जानकारी दिएका छन् । उनी १० अप्रिलमा कोलकाता पुग्नेछन् । केकेआरले फाफ डु प्लेसिसको नेतृत्वमा रहेको आरसीबीसँग अप्रिल ६ मा कोलकाताको इडेन गार्डेनमा खेल्नेछ ।