८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर

स्वर्णिम लक्षति पौडेलको टिप्पणी, ‘आगोका फूल हुन्, बढ्दैनन्’

स्वर्णिम लक्षति पौडेलको टिप्पणी, ‘आगोका फूल हुन्, बढ्दैनन्’
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा विश्व पौडेलले बिहीबार कांग्रेस परित्याग गरेका अर्थशास्त्री डा स्वर्णिम वाग्लेलक्षित टिप्पणी गरेका छन् । पौडेलले आज फेसबुकमा स्टाटस लेख्दै कांग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो हुने खासै नहुने भन्दै आगोका फूल भएको बताएका हुन् ।

‘कांग्रेस चितवनको घना जंगलको रुख मात्र हैन, नारायणी जस्तै नदी पनि हो । यसमा खोलाहरु आएर मिसिन्छन, कुलाहरुबाट पानी निस्कन्छन, र धेरै फेरी फर्केर आउँछन । कांग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो हुने खासै हुँदैन। यी आगोका फूल हुन, बढ्दैनन् ।’ उनले भनेका छन् ।

कांग्रेसमा पार्टी छाडेर जानेलाई गाली नगर्ने संस्कार रहेको बताउँदै पाण्डेले महन्थ ठाकुरले पार्टी छाड्दा पनि कसैले गाली नगरेको सुझाएका छन् ।

उनले फेसबुकमा लेखेका छन् –

आगोका फूल

चितवन काँग्रेसले सबभन्दा पहिले (२०१५ सालमा) संसद सदस्य हुन विश्वबन्धु थापालाई उठाएको थियो। चितवन कांग्रेसका संस्थापक सभापति बखानसिंह गुरुङ आँफै एक २००७ सालमा सहिद हुनुभएका आदरणीय धर्मध्वज गुरुङका पिता हुनुहुन्थ्यो। पुर्वी चितवनका उदयनाथ अधिकारी पनि संस्थापक जिल्ला समिति सदस्य हुनुहुन्थ्यो।इलाहाबादमा सूर्यबहादुर थापाहरुसँगै पढेर चितवन फर्केका शेरपानीका जमिन्दार परिवारका किशोरचन्द्र ढुंगाना २०१४ सालमा जिल्ला सदस्य भए।

खोरिया फाँडेर, लामखुट्टेसँग लड्दैपड्दै आफ्ना सन्तानको भविष्य बनाउन चितवन झरेका धेरै मान्छेलाई मर्दापर्दा सहयोग गरेर यि जस्ता व्यक्तिहरुले चितवन काँग्रेसको संगठन विस्तार गरेका थिए ।

२०१५ सालमा पुर्वी चितवनका विश्वबन्धु थापा काँग्रेसका उम्मेदवार बने। ग्राउण्डमा प्रभाव कम भएपनी पढाई राम्रो भएको र केन्द्रमा प्रभाव भएकोले उनले टिकट पाएका थिए। त्यसको विरुद्ध अस्ती भर्खर वित्नु भएकी स्व। मैयादेवी श्रेष्ठ, हरिकुमार श्रेष्ठ आदिले वागी उम्मेदवारको रुपमा उम्मेदवारी दिएका थिए। बागी नउठुन भनेर जिल्लामा संभवतः सर्वाधिक लोकप्रिय रहेका बखानसिंह गुरुङलाई महासभामा (अहिलेको राष्ट्रिय सभामा) लैजाने सहमति भयो। थापाले ४४ प्रतिशत मत सहित चुनाव जिते।

महेन्द्रले वहुदल हरण गरेपछी थापा पंचायतमा गए, तर धेरै काँग्रेसीहरुलाई उनले माया गरिरहे भनिन्थ्यो। थापासँगै शुरुमा पंचायतलाई सहयोग गरेका किशोर चन्द्र ढुंगानाले आफु जिल्ला पंचायतको सभापति हुँदा २०२० सालमा पंचायत व्यवस्थाको विरुद्ध माग पारीत गराए। त्यसपछी गिरफ्तार भएका ढुंगाना पछीसम्म पुर्व चितवनका काँग्रेसका लोकप्रिय खम्बा रहे।

बखानसिंह गुरुङको अर्का छोरा लालध्वज गुरुङ पंचायत विरुद्ध आन्दोलनमा मारिए, बखानसिंह आँफै भने पछी २०३८ सालमा पंचायत प्रवेश गरेर चुनाव जित्नुभयो। मैयादेवीले सधैं काँग्रेसलाई माया गरेर बस्नुभयो।

काँग्रेसमा एउटा लामो संस्कार के छ भने जानेलाई गाली नगर्ने। महन्त ठाकुर सबैले मन पराउँथे, जानुभयो, कसैले गाली गरेन। फर्केर आउनेलाई पनि स्वागत गर्ने नै चलन छ।

काँग्रेस चितवनको घना जंगलको रुख मात्र हैन, नारायणी जस्तै नदी पनि हो। यसमा खोलाहरु आएर मिसिन्छन, कुलाहरुबाट पानी निस्कन्छन, र धेरै फेरी फर्केर आउँछन। काँग्रेससँग गरेको विद्रोह झिल्कोबाट डढेलो हुने खासै हुँदैन। यी आगोका फूल हुन, बढ्दैनन।