१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

अहिलेको समय उद्यमशीलताको होः प्रधानमन्त्री दाहाल

अहिलेको समय उद्यमशीलताको होः प्रधानमन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

विश्वविद्यालयले विकास गरेको प्रविधिको प्रयोगले किसानको जीवनस्तर उकास्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । विश्वविद्यालयका वैज्ञानिकले भैँसीको अप्राकृतिक प्रजनन गराउने प्रविधिको विकास, गहुँको गर्मी सहनसक्ने जातको विकास, चिलापिया माछाको उत्पादन गर्ने प्रविधिले आफूलाई उत्साहित बनाएको उहाँको भनाइ छ ।

करिब छ दशकअघिसम्म शिक्षाको कमी हुँदा अग्र्यानिक खेतीमार्फत आत्मनिर्भर मात्र नभई निर्यातसमेत गर्ने गरेको बताउँदै उहाँले अहिले बर्सेनि आयात बढ्नुले कहाँ कमजोरी भएको हो पत्ता लगाउनु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले आयात गर्ने अवस्थामा कसरी पुगियो । त्रुटि कहाँ छ भन्ने अब शिक्षित वैज्ञानिकले खोज्नु पर्नेछ ।”

सातवटै प्रदेशमा यस विश्वविद्यालयले आङ्गिक क्याम्पस बिस्तार गरेको बताउँदै उहाँले आगामी दिनमा अझै सुधार हुने विश्वास व्यक्त गर्नुभयो । दीक्षित भएका विद्यार्थीको अबको बाटो भनेको दशको समग्र कृषि क्षेत्रको विकासमा योगदान दिने रहेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “आफूले सिकेको ज्ञान, सीप कृषकसमक्ष बाँड्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।” विसं २०६७ देखि कृषि सङ्काय, पशुचिकित्सा, मत्स्यचिकित्सा एवं वन सङ्कायमा दक्षजनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस विश्वविद्यालयले कृषि अनुसन्धान र प्रसारलाई आत्मसात् गरेको उहाँले बताउनुभयो । कृषि उत्पादनमा देखिएको समस्या चुनौतीलाई विश्वविद्यालयले आवश्यकता महसुस गरी समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले कृषि विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको स्वामित्व विवाद समाधान भइसकेको र कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । समायोजनमा आएका कर्मचारीको विस्तृत छलफलबाट समाधान खोजिने उहाँको भनाइ छ ।

समारोहमा भारतका डा वाइएस पारमर विश्वविद्यालयका उपकुलपति (भाइचान्सलर)प्रा डा राजेश्वरसिंह चण्डाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो ।

विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२÷७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५÷७६ देखि हालसम्मका विद्यार्थीलाई दीक्षित गरिएको हो । स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थी दीक्षित गरिएको सो अवसरमा जानकारी दिइएको थियो । स्नातक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशु चिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ गरी सात सय ३२ जना दीक्षित भएका हुन् ।

स्नातकोत्तर तहमा कृषिबाट एक सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी तीन सय ३६ जना र विद्यावारिधिअन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ जना र पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ जना विद्यार्थी दीक्षित भएको उपकुलपति रेग्मीले जानकारी दिनुभयो ।

दीक्षान्त समारोहमा तीनवटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने विद्यालयलाई उपकुलपति पदक र सर्वाधिक अङ्क ल्याउनेमध्ये सर्वोत्कृष्ट अङ्क ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एक एक जनालाई कुलपति पदक प्रदान गरिएको छ ।

विसं २०६९ देखि सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ जना विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा सात सय २८, स्नातकोत्तरमा दुई सय ३० र विद्यावारिधि कार्यक्रममा १४ जना विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा चार हजार नौ सय ४५ जना विद्यार्थी अध्ययनरत छन् । रासस