१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

सकेसम्म मन्त्रिपरिषद आजै विस्तार हुन्छ– प्रधानमन्त्री प्रचण्ड

सकेसम्म मन्त्रिपरिषद आजै विस्तार हुन्छ– प्रधानमन्त्री प्रचण्ड
अ अ+ अ-

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार हुने बताउनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज बिहान आयोजित शिलान्यास कार्यक्रममा उहाँले मन्त्रिपरिषद्मा सत्ता साझेदार दलहरुबीच करिब सहमति भइसकेकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आज नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार हुनेछ ।

“आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज नसकिए भोलि बिहान होला, काम त हाम्रो सकिएको छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ, यो पनि मलाई लाग्छ, तपाईं हामी सबैको लागि खुसीको कुरा हो ।’

गत पुस १० प्रधानमन्त्री बन्दा बनेको सत्ता गठबन्धन फेरिएसँगै उहाँले एक महिनादेखि १६ मन्त्रालयको जिम्मेबारी आफैँले लिँदै आउनुभएको छ । गत माघ ३ गते भएको सहमतिअनुसार ती मन्त्रालयहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएका थिए ।

तर सत्ता समीकरण फेरिएसँगै पालैपालो यी तीनवटै दलले सरकार छोडेपछि माघ १५ गतेदेखि उनीहरुले सम्हालेको मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्दै आउनुभएको छ । अहिले सरकारमा नेकपा (माओवादी केन्द्र) का चार र जनमत पार्टीका एक जनामात्रै मन्त्री हुनुहुन्छ ।