२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा ५.१ म्याग्नीच्यूडको भूकम्पको धक्का महशुस



earthquake
अ+ अ-

काबुल । अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५.१ म्याग्नीच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ । 

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराईमा थियो । 

भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ । रासस–एएनआई