२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाब्लो पिकासोको चोरिएको कलाकृति फेला पर्‍यो



अ+ अ-

एजेन्सी । ग्रीसको एउटा ग्यालरीबाट नौ वर्षअगाडि चोरिएको चर्चित चित्रकार पाब्लो पिकासोको एउटा कलाकृति फेला परेको छ।

सोमवार एथेन्स प्रहरीले पिकासोको वुमन्स हेड नामको कलाकृति र पिट मोन्ड्रियनको सन् १९०५ मा बनाइएको विन्डमिल नामक कलाकृति भेटिएको बताएको हो।

ती कलाकृतिहरू एथेन्स न्याश्नल ग्यालरीबाट सन् २०१२ मा अर्को एक कलाकृति सहित चोरिएको थियो।

केही मिनेट लागेको चोरीमा ती कलाकृतिहरू एकाबिहानै फ्रेमबाट झिकेर चोरिएको थियो।

रोयटर्स समाचार संस्थाले नाम उल्लेख नगरी एक प्रहरी अधिकृतलाई उद्धृत गर्दै बताए अनुसार ती कलाकृति सहर बाहिर लुकाएको अवस्थामा भेटिएको र एक जनालाई गिरफ्तार गरिएको छ।

केही महिनाअगाडि मात्रै ग्रीक प्रहरीले ती कलाकृति ग्रीसभित्रै रहेको विश्वास भएको बताएको थियो।

पिकासोको कलाकृति एउटा महिलाको पोट्रेट हो जुन उनको परिचित शैलीमा बनाइएको छ।

यो कलाकृति सन् १९४९ मा पिकासोले नै न्याश्नल ग्यालरीलाई उपहार दिएका थिए।

उनले त्यस बेला एक दशकअगाडि सिर्जना गरेको सो कलाकृति ग्रीसको नाजी जर्मनीविरुद्धको अडानको प्रशंसामा उपहार दिएको बताएका थिए।

चोरहरूले भाग्दा अर्को एउटा कलाकृति भने त्यही खसालेका थिए।