२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूविरुद्ध परेको उजुरीको जवाफ दिन यादव निर्वाचन अधिकृतको कार्यालय पुगे



अ+ अ-

काठमाडौँ। जसपाबाट उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवविरुद्ध उजुरी दिएका थिए ।

निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजेभित्र उजुरी उपर जाँचबुझ गरी साझ पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै,१० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झा र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।