२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन आठ दलीय गठबन्धनको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आठ दलीय गठबन्धनको बैठक आज शनिबार बस्दैछ । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बिहान ८ बजे बस्ने भएको हो ।

यसअघि शुक्रबार बसेको गठबन्धनका दोस्रो तहका नेता सम्मिलित संयन्त्रको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने निर्वाचन आयोगको अडानपछि गठबन्धन अन्योलमा परेको छ ।

यसअघि गठबन्धनका तर्फबाट जसपा संसदीय दलका नेता रासहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थियो । तर, पछिल्लो समय जनमत पार्टीले पनि उपराष्ट्रपतिमा दाबी गरेको छ ।

उपराष्ट्रपतिका लागि आज शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।