२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि निस्काशन



अ+ अ-

काठमाडौँ। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले (आज) बुधबारदेखि सर्वसाधारणमा आईपीओ निस्काशन गरेको छ । 

कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसाधारण शेयर १०० रुपैयाँ अंकितदरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । 

जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो । 

यो आईपीओ खरीदका लागि फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा माग बमोजिम आवेदन नपरेमा भने फागुन १८ गतेसम्म विक्री खुला हुने कम्पनीको भनाइ छ । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन ८ गते नै यो आईपीओ बन्द हुने देखिन्छ । 

कम्पनीको आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । हालसम्मको वित्तीय अवस्था हेर्दा लगानीकर्तालाई प्रतिफल दिनसक्ने प्रशस्त आधार भएको भन्दै निष्काशन गरेको आईपीओमा सबैलाई ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ ।