११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

संसद दिवसका अवसरमा सभामुखद्वारा सचिवालय परिसरमा वृक्षारोपण

संसद दिवसका अवसरमा सभामुखद्वारा सचिवालय परिसरमा वृक्षारोपण
अ अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सिंहदरबारस्थित संघीय संसद परिसरमा वृक्षारोपण गर्नु भएको छ । 

संसद दिवस २०७८ का अवसरमा सभामुख सापकोटाले सचिवालयको बगैंचामा रुद्राक्षको विरुवा रोप्नु भएको हो । कोभिड जोखिमका कारण दिवस मनाउन ठूलो कार्यक्रम नराखिएको बताउँदै उहाँले जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रम रोजिएको बताउनु भयो । 

‘पृथ्वीको उत्पत्ति भएदेखि नै रुख, विरुवा धेरै महत्वपूर्ण छ , महान दार्शनिक एवं महान धर्तीपुत्र गौतम बुद्धले पनि रुख, विरुवालाई धेरै महत्व दिनुभएको छ’ सभामुख सापकोटाले भन्नुभयो ‘प्रतिकुल अवस्थामा यसको महत्वलाई दर्शाउँदै संस्थाको दिवस मनाउन वृक्षारोपणको कार्यक्रम गरिएको हो ।’
 
सभामुख सापकोटाले वातावरणबाट हुने असरबाट मुक्त हुन वृक्षारोपणमा सहभागि हुन सबैमा अपिल समेत गर्नु भएको छ । उहाँले भन्नुभयो ‘वातावरण अनुकूल बनाउन आफ्नो अनुकूल ठाउँमा कम्तिमा एउटा विरुवा रोपेर हुर्काउन सबैलाई अपिल गर्दर्छु ।’ 

सो अवसरमा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सचिवालयका सचिवहरु ध्रुब घिमिरे, सुदर्शन खड्कालगायतले पनि सचिवालय परिसरमा वृक्षारोपण गर्नुभयो ।