२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्लामिक स्टेट विरुद्ध लड्न कतार प्रतिबद्ध रहेकाे विदेश मन्त्री थानीकाे उदघाेष



अ+ अ-

रोमः आतंकवादी संगठनका नामले चिनिने इस्लामिक स्टेट विरुद्ध लड्न इटालीको रोममा आयोजित मन्त्रीस्तरीय बैठकमा कतारले समेत सहभागिता जनाएको छ । इस्लामिक स्टेट विरुद्ध एकताबद्ध भएका विश्वका देशहरुको गठबन्धनमा आबद्ध मन्त्रीहरुको बैठक रोममा सम्पन्न भएको हो ।

बैठकमा कतारका उपप्रधान तथा विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी सहितको कतारी प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएको थियो । त्यस अवसरमा सम्बोधन गर्दै मन्त्री अल–थानीले कतारलाई गठबन्धनको बैठकमा महत्वका साथ सहभागिता जनाउन दिइएको सम्मानप्रति आभार व्यक्त गर्नु भएको थियो ।

उहाँले इटालीका विदेश एवं अन्तर्राष्ट्रिय सहायता सम्बन्धी मन्त्री लुइजी डी माइयोलाई सम्मेलन आयोजनाको अग्रसरताका लागि धन्यवाद समेत दिनु भएको थियो ।

विदेश मन्त्री थानीले विश्वका कतिपय मुलुकमा इस्लामिक स्टेटको अस्तित्व अझै केही मुलुकमा रहेको वा बढ्दै गएको देखिएको भन्दै गठबन्धनमा आबद्ध मुलुकबीच थप क्षमता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

गठबन्धनमा केही नयाँ मुलुक सदस्यका रुपमा प्रवेश पाएका छन् । यस गठबन्धनले इस्लामिक स्टेट बिरुद्ध लड्न सामूहिक प्रयत्नलाई जोड दिन्छ ।

मन्त्री थानीले इस्लामिक स्टेटमा लागेका विदेशी लडाकु र उनीहरुका परिवारका सदस्यहरुलाई उनीहरुकै देश फर्काउन वा पुनस्र्थापना गर्न जरुरी रहेको बताउँदै तत्कालै यो कार्य नगरिए उनीहरु अतिवादी विचारधारामा फस्ने खतरा रहेको चेतावनी दिनुभयो ।

कतारले गठबन्धनको सन्देश र लक्षप्रति पूर्ण प्रतिबद्धता समेत व्यक्त गरेको छ । कतार न्यूज एजेन्सी