२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बितण्डा मच्चाएको मेलम्ची खोला



अ+ अ-

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ । 

१६ गते दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटिय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ ।

असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनहरुसमेत अहिलेको बर्षाले कटान गरिरहेको मेलम्ची- वडा नं ११ का स्थानीय वासी दशरथ दनुवारले जानकारी दिनुभयो । खोलाको मात्रा बढिरहेको छ ।

अस्ति बचेको घर पनि लैजाने भो ज्यान जोगाउन मुस्किल छ दनुवारले भन्नुभयो । तस्वीर: देवराज सुवेदी, रासस