• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डः कसले कुन अवार्ड जिते ?



काठमाडौँ । उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित समारोहमा विष्टलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित गरिएको हो । उक्त विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहालसमेत परेका थिए । विष्टले तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उल्लेखनीय योगदान पूर्याएका थिए । उनले अवार्डसँगै मोटरसाइकल प्राप्त गरेका छन् ।

त्यसैगरी वर्षको उत्कृष्ट महिला खेलाडी भलिबल खेलाडी अरुणा शाहीले जितिन् । उक्त विधामा बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुस्पा भण्डारी तथा क्रिकेटकी सीताराना मगर र रुबिना श्रेत्री मनोनयनमा परेका थिए । शाहीले बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यापियनसिपमा नेपाललाई उपाधि दिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन् । उनले मोटरसाइकलसमेत प्राप्त गरिन् ।

यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडी मनिष डाँगी घोषित भए । उनले फुटबलकी प्रिति राई, बक्सिङका छिरिङ वाङदी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारीलाई पछि पार्दै उक्त अवार्ड हात पारिन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्डबाट राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्ला अल्मुताइरी सम्मानित भए । उक्त विधातर्फ क्रिकेटका डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक मर्हजन र भलिबलका जगदिशप्रसाद भट्ट मनोनयनमा परेका थिए ।

यसैगरी पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गतको लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ । पल्सर स्पोर्टस् अवार्ड, २०७८ अन्तर्गत स्पेशल अवार्ड दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई प्रदान गरिएको छ । ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेवी तामाङ र नङशलदेवी तामाङका बुबाआमा दानबहादुर र मायादेवीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतको पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितिन् । उक्त विधातर्फ फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा मनोनयनमा परेका थिए ।

पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड कतारका मोहमद हिजीलाई प्रदान गरिएको छ । हिजीसँग खेलकुद पत्रकारितामा तीन दशकभन्दा बढी समय काम गरेको अनुभव छ । वर्ष पुरुष र महिला, पिपल्स च्वाइस, वर्ष प्रशिक्षक र युवा खेलाडीका विजेतालाई पुरस्कार स्वरुप जनही एक÷एक थान मोटरसाइकल प्रदान गरिएको छ भने अन्य विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे ।