२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको बैठक बस्दै, विपक्षी दल विरोधमा, १२ ओटा अध्यादेश पेश गर्ने सरकारकाे तयारी



अ+ अ-

काठमाडौं। राष्ट्रियसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे  बस्ने बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।  

सरकारले –संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७, शपथ सम्बन्धी अध्यादेश, २०७८, नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश, २०७७ टेबल गर्दैछ ।

यसै गरी नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८, कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ र औषधि तेस्रो संशोधन अध्यादेश, २०७८ सम्बन्धी अध्यादेशहरू पेश हुनेछन् । तर आजको बैठकमा विपक्षी दलहरुले विरोध गर्ने तयारी गरेका छन् ।