२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब डेढ घण्टा भेटघाट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । 

प्रधानमन्त्री ओली र भण्डारीबीच करिब डेढ घण्टा कुराकानी भएको स्रोतले बतायो ।  प्रधानमन्त्री ओली दिउँसो १२ः ४० बजे शीतल निवास छिरेका थिए। भेटवार्ता सकेर अहिले ओली शीतल निवासबाट बाहिरिएका छन्। 

यसैबीच राष्ट्रपति भण्डारीले अनपेक्षित रुपमा राष्ट्रियसभामा सम्बोधनको इच्छा व्यक्त गरेकी छन्। राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार दिउँसो ४ बजेदेखि सुरु भएनी यो अधिवेशनको सुरुतिर राष्ट्रपतिले सम्बोधनको इच्छा व्यक्त गरेकी हुन्।

आउँदो आइतबार वा सोमबार राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

संविधानको धारा ९५ को उपधारा १ मा चाहेको अवस्थामा राष्ट्रपतिले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ।