२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल हुँदैछ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयास गर्दा पनि पार्टी एक हुन नदिने खेल भइरहेको बताउनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो,‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू गएको लाजमर्दो अवस्था छ । हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ ।’ उहाँले पार्टी भित्र अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि जनाउनु भयो ।  

अध्यक्ष ओलीले सरकारका निर्णयहरु माथी सर्वोच्च अदालतले गरेको कही निर्णय प्रति पनि असन्तुष्टि जनाउनु भएको छ । बैठकमा उहाँले भन्नुभयो यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर छ । तर, अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो । दलका सदस्यलाई अनुशासनको कारवाही गर्न पाइँदैन भनियो । के हुँदैछ बुझ्नुपर्छ ।’ उहाँले सरकारलाई चौतर्फी रुपमा घेराबन्दीको प्रयास भएको उल्लेख गर्दे अबरोधहरु छिचोलेर अघि बढ्ने बताउनु भयो ।