२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यक कोरोना खोप पर्सिदेखि आउने प्रधानमन्त्री ओलीको दाबी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि आवश्यक पर्ने कोरोना खोप आउने दाबी गर्नुभएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै ओलीले सो कुरा जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, ‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’

भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उहाँको भनाइ छ।

केही दलका नेताहरुले अहिले कोरोना खोप नदेऊ भनेर लबिङ गरिरहेको समेत उहाँको आरोप छ ।