२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय कमिटीको १३औं बैठक सम्पन्न, छ बुँदे प्रस्ताव पारित



अ+ अ-

काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कमिटीको १३ औं बैठक सम्पन्न भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता रहेको थियो भने महासचिव ईश्वर पोखरेलले बैठक संचालन गर्नुभएको थियो।

बैठकले छबुदे प्रस्ताव पारित गरेको छः

-पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रती सम्मानस कोभिडबाट मृत्युबरण गर्नुहुने  सबैप्रति श्रद्धाञ्जली,सम्पूर्ण संक्रमितहरुप्रती  स्वास्थलाभको कामना

-बाढीपहिरोबाट ज्यान गुमाउनुहुनेप्रती श्रदासुमन अर्पण, घाइतेहरुको स्वास्थ्यलाभको कामना र बिस्थापितहरुको दीगो पुनर्स्थापना

-वरिष्ठ नेता झलनाथ खनालको सिघ्र स्वास्थ्यलाभको कामना र पार्टीको तर्फबाट उपचार खर्चको व्यवस्था गरिने

-पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनिया कम्युनिस्ट पार्टी स्थापनाको सयवर्षको उपलक्ष्यमा चिनले प्राप्त गरेका उपलब्धिका लागि चिनिया जनताप्रती हार्दिक बधाई ज्ञापन गरेको छ। 

यस्तै आजको बैठकमा वामदेव गौतमले 'म तपाईंसङ्ग आएको छु फर्केर जान्न, ननिकालेसम्म एमालेमा बसिरहन्छु। मलाई जिम्मेवारी दिएमा तपाईंको सहमतिमा म एकता गराउनेछु।' भन्दै प्रतिवद्धता जनाएका थिए । 

आजको बैठकमा वामदेव गौतम, हरि पराजुली, गणेश पहाडी लगायतका केन्द्रीय सदस्यहरु पार्टी विवादपश्चात् पहिलोपटक उपस्थित भएका थिए ।