२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणगढ-मुग्लिन सडकमा ठाउँठाउँमा पहिरो, बेहुली लिन गएका ६ बेहुला बाटैमा अलपत्र



अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरु गन्तव्यमा पुग्न सकेका छैनन् ।  सडकखण्डको चार किलो र पाँच किलोमा पहिरो जाँदा शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ। 

बिहान सात बजेतिर फेरि मुग्लिनदेखि सात किलो मिटर पर जलबिरेमा पहिरो गएपछि सडक अवरुद्ध बनेको छ । जलबिरेको पहिरोमा एउटा ट्रकको आधा भागसमेत पुरिएको थियो ।  यस्तै सो सडकखडमा बेहुली लिन गएका जन्तीसहित ६ बेहुलाहरु अलपत्र परेका छन् । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।