२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको काममा फर्किए एमाले नेता भीम रावल



अ+ अ-

अछाम । नेकपा एमालेका नेता भीम रावल गृहजिल्ला अछामबाट पार्टीको कार्यक्षेत्रमा फर्किएका छन् । प्रतिनिधिसभाको चुनावमा टिकट नपाएपछि पार्टीका गतिविधिमा देखा नपरेका रावल शुक्रबार भने पार्टीको काममा सक्रिय बनेका हुन् ।

एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावलले सहभागिता जनाए ।

नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले नाराबाजी गरेर उनको स्वागत गरेका थिए । रावल निर्वाचनबखत मतदान गर्नमात्र गृहजिल्ला अछाम पुगेका थिए ।

त्यसो त एमालेको चितवन महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि रावल पार्टीका कुनै पनि कमिटीमा आवद्ध छैनन् । उनलाई एमालेले कुनै जिम्मेवारी दिएको छैन ।