२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु



अ+ अ-

एजेन्सी । इन्डोनेसियाको सरकारले यहाँका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र  युवायुवतीलाई  पनि कोरोना भाइरसका विरुद्धको खोप लगाउन शुरु गरेको छ । प्राप्त समाचारअनुसार यहाँ ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै शुरु गरिएको बताइएको छ ।

शुक्रबार एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको शुरुवाता गरिएको बताइएको छ । आज बिहान सो विद्यालयका १०० जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको छ । यहाँको सरकारले बालबालिकालाई खोप लगाउने कार्यक्रमलाई एक राष्ट्रिय अभियानका रुपमा शुरु गर्ने जनाएको छ ।

इन्डोनेसियाको जाकार्ता प्रान्तीय प्रशासनले यस क्षेत्रका कम्तीमा पनि १२ लाख जना बालबालिकालाई यो खोप दिने लक्ष्य राखेको छ । विद्यालयहरुमा नै पुगेर सो खोप दिइने यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

यहाँ यही जुलाई १ सम्मको तथ्यांकअनुसार यहाँका तीन करोडभन्दा बढी नागरिकले सिनोभ्याक्सको एक मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी १ करोड ३० लाख मानिसले दुवै मात्रा खोप लिएका यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।