२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराग र गुट्खाको लत छुटाउन चाहनुहुन्छ ? आजैदेखि अपनाउनुस यी घरेलु उपाय !



अ+ अ-

काठमाडौं । पराग र गुट्खा खानेलाई मात्र होइन सँगैबस्ने परिवारलाई पनि हानी पु–याउँछ । उमेर पुगेका मानिसले मात्र होइन भर्खरका युवायुवतीहरुको पनि पराग र गुटखा बानी हुन्छ । युवाअवस्थामै गुटखा,पराग खाने बानी लाग्यो भने त्यसको लत छुटाउन निकै कठिन हुने गर्छ । यो ड्रग्सको लत जस्तै हुने गर्छ । यसले गर्दा मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

गुटखा र परागमा रहेको कतिपय हानिकारक रसायनका कारण मानिसको डीएनएमा समेत गम्भीर असर पर्ने गर्छ । यसले श्वासप्रश्वास सम्बन्धी विभिन्न रोगहरू पनि निम्त्याउने गर्छ ।

पराग र गुट्खा छोड्नको लागि घरेलु उपाय

अदुवाः पराग र गुट्खाको नशालाई छोड्नको लागि अदुवालाई घरेलु उपायका रुपमा अपनाउन सकिन्छ । अदुवालाई स–सानो टुक्रा पारी कागतीको पानीमा भिजाएर राख्नुपर्छ । त्यसमा थोरै जुवानो र नुन मिसाउनु पर्छ । यसरी बनेको मिश्रणलाई सुकाएर एउटा भाँडामा राखिराख्नुपर्छ ।

जब पराग र गुट्खा खाने लत बस्छ त्यतिबेला अदुवाको मिश्रणलाई चपाईराख्नु पर्छ । यसले परागको आनन्द दिनुका साथै खाना अरुचि र कब्जियतको समस्याबाट पनि छुटकारा मिल्दछ ।

सुकमेलः जिरा, सुकमेल, हरद, सुकेको अमलाको मिश्रणले पनि परागको नशाबाट छुटकारा मिल्न सकिन्छ । जतिबेला पराग खान मनलाग्ने हुन्छ त्यतिबेला यो मुखमा हाल्ने गर्नुपर्छ । यसले ग्याष्ट्रिकबाट छुटकारा मिल्छ ।

महः कागती मिसिएको तातोपानीमा मह मिसाएर पिउँदा पराग र गुटखाको तलतलबाट छुटकारा लिन सकिन्छ । यसले नशाको हानिकारक रसायनलाई पनि नष्ट गर्छ ।

जुवानो: ५०/५० ग्राम जिरा र जुवानोलाई भुटेर मिश्रण गर्ने । यसमा बिरे नुन र कागतीको रस मिलाउनुपर्दछ । यसलाई सुख्खा बनाएर भाँडोमा राखिराख्ने र परागको खान मनलागेको बेला यस मिश्रणलाई मुखमा चपाउनुपर्दछ । यसले ग्याष्ट्रिकको समस्याबाट मुक्त हुन सकिन्छ ।