२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटाली युरो कपको सेमिफाइनलमा, बेल्जियम स्तब्ध



अ+ अ-

एजेन्सी । युरो २०२० अन्तर्गत बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । 

शुक्रबार राति जर्मनीको एलियान्ज एरेनामा भएको क्वाटरफाइनलको खेलमा २-१ गोलले पराजित गर्दै इटालीले सेमिफाइनलमा प्रवेश गरेको हो  । 

खेलको ३१ औं मिनेटमा निकोलो बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ४४ औं मिनेटमा लोरेन्जो इन्सीनेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । 

खेलको ४५ औं मिनेटमा बेल्जियमले पेनाल्टी पायो । रोमेलु लुकाकुले उक्त अवसर खेर जान दिएनन् । उक्त गोल नै बेल्जियमको लागि सान्त्वना गोल हुन पुग्यो । 

अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।