२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिस नियन्त्रण गर्न नसके हुन्छन् यस्ता हानी



अ+ अ-

काठमाडौं । भनिन्छ, मानिसको सबैभन्दा ठूलो शत्रु क्रोध हो । यसैका कारण कैयन सम्बन्धहरु टुटेका उदाहरण पनि छन् । यसकारण रिसलाई सही समयमै नियन्त्रणमा लिनुस् ।

रिसले सामाजिक तथा पारिवारिक सम्बन्धमा त असर पर्छ नै, हाम्रो स्वास्थमा पनि नराम्रो प्रभाव पर्छ । आज हामीले रिसाउँदा मानिसको शरीरमा पर्ने ७ वटा असरका बारेमा उल्लेख गरेका छौं ।

१ रिसाउँदा मानिसको मस्तिष्कमा यस्तो रासायनिक तत्व बन्दछ, जसले शरीर तथा मस्तिष्कमा असर पार्छ ।

२ आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।

३ ब्लड प्रेशर एक्कासी उच्च हुन्छ । र आक्रामक भावना उत्पन्न हुन् ।

४ सोच–विचारको शक्ति कमजोर हुन्छ ।

५ तनाव बढ्छ ।

६ लगातार रिसाउँदा पाचन प्रणालीमा नराम्रो असर पर्छ । पाचनतन्त्र कमजोर हुन्छ, जसका कारण एसिडिटी, कब्जियत, भोक नलाग्नेजस्ता समस्याहरु देखिन थाल्छन् ।

७ निद्रा हराउन थाल्छ, यसले तपाईंको आयु घटाउँछ भने जवानीमै बुढो देखिन थाल्नुहुन्छ ।