२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा निकट नेताहरू बुढानीलकण्ठमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटका शीर्ष नेताहरुलाई बोलाएका छन् । बैठक देउवा निवास बुढानीलकण्ठमा बसिरहेको छ । 

उपसभापति विजय कुमार गच्छदार, विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको जनाएको छ ।

देउवाको सचिवालयका अनुसार सभापति देउवाले आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनबारे छलफल गर्न नेताहरुलाई बोलाएको जनाएको छ ।

आगामी महाधिवेशनमा निधिले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले छलफल गर्दै आएका छन् ।