२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अब खोप लगाउने अभियान नै चल्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपालमा कोरोना भाइरस विरुद्धको खोपको कमि नहुने भन्दै अब खोप लगाउने अभियान नै चल्ने बताउनुभएको छ ।

आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताउनुभयो ।

‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ, हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’ उहाँले भन्नुभयो ।