२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विवादः दोस्रो तहका नेता निर्णायक वार्तामा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानका लागि निरन्तर वार्तामा रहेका दोस्रो तहका नेताहरु आज निर्णायक छलफलमा जुटेका छन् । 

सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष केपी शर्मा ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपालले असहमति जनाउँदै आएका छन् । 

वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी उपमहासचिव घनश्याम भुसाल नेपालनिवास कोटेश्वर पुगेका छन् । भुसाल फर्किएपछि वार्ता थप अघि बढ्ने स्रोतले बताएको छ ।

ललितपुरको सानेपास्थित होटल समिटमा जारी वार्तामा अध्यक्ष ओली पक्षबाट  विष्णु पौडेल, सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टको उपस्थिती छ ।