काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १०६६ संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८३७ जनाको पिसिआर र ४ हजार २९६ जनाको एन्टिजेन विधिबाट गरी १० हजार १३३ परीक्षण गरिएको थियो ।
नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४३ हजार ५८० जनामा र एन्टिजेन परीक्षणबाट ३७ हजार ५५६ जनामा कोरोना संक्रमण पाइएको छ ।
त्यसमध्ये ६ लाख ६ हजार ६६६ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ९ हजार १९८ जनाको मृत्यु भएको छ ।