काठमाडौं। नेकपा एमाले भित्रको एककता कायम राखन क्रियाशिल दोश्रोतहका नेताहरु असन्तुष्ट पक्षका नेताहरुले नेता माधवकुमार नेपाल संग छलफल गरेका छन् । नेता नेपाल संग छलफल गर्नका लागि आईतबार बिहान नेताहरु बिष्णु पौडेल,सुवास नेम्वाङ र शंकर पोखरेल संगै घनश्याम भुसाल पनि सहभागी हुनुहुन्थो ।
भेटमा नेताहरुले अध्यक्ष ओली संग सम्बाद गरी निकास खोज्न नेपाललाई आग्रह गरेका थिए । नेकपा एमालेको १३ औ केन्द्रीय कमिटीको बैठकले शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो भने अध्यक्ष ओलीले देउवाको पक्षमा हस्ताक्षर गर्नेहरु एमाले हुन नसक्ने भन्दै देउवाको पक्षमा उभिएर पार्टी एकता नहुने बताउनु भएको थियो ।
बालुवाटारको निर्णय लगत्तै नेता नेपालले हस्ताक्षर फिर्ता नलिने भन्दै हस्ताक्षर फिर्ता मुत्यु पत्रमा हस्ताक्षर हुने आफु निकट नेताहरु संग बताउनु भएको थियो ।