२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका निकायमा रहेको नेपालको पूरानो नक्सा सच्याउन आवश्यकता छ: डा.खिमलाल देवकोटा (भिडियो सहित)



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले सरकारका धेरै वेभसाइटहरुमा नेपालको पूरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गर्नुभएको छ ।  राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा पहिलो पल्ट बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औल्याउनुभएको हो । 

उहाँले सपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताउनुभयो । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले सपथ सम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरित काम गरेको टिप्पणी देवकोटाले गर्नुभयो । उहाँले राष्ट्रपतिको यो कदमले संविधानको संरक्षण र सम्वद्र्धन हुन नसक्ने बताउनुभयो ।

त्यस्तै अर्का राष्ट्रियसभा सदस्यमा निर्वाचित सदस्य दीर्घनारायण पाण्डेले राजनैतिक रुपमा देश विभाजन हुनु गम्भीर भएको बताउनुभयो । राष्ट्रियसभामा पहिलोपल्ट बोल्दै सदस्य पाण्डेले राष्ट्रियराजनीतिमा ठूलो दल विभाजन उन्मुख हुनु दुखद भएको टिप्पणी गर्नुभयो । सरकारले लिएको नीतिले विकाश निर्माण र शासन व्यवस्था नै केन्द्रिकृत हुन पुगेको आरोप पनि उहाँले लगाउनुभयो । अहिलेसम्म प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो अधिकार पाउन नसक्दा संघीयताविरुद्ध आवाजहरु उठ्न थालेको बताउनुभयो । 

राष्ट्रियसभा सदस्य पाण्डेले अहिले मुलुकमा विषम राजनीतिक अवस्था भएकाले राष्ट्रिय एकताका लागि सबै एकै ठाउँमा आउन आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय सहमति बनाएर जान सके संघीयता तथा लोकतन्त्र विरुद्धको आवाज निस्तेज पार्न सक्ने बताउनुभयो । यस्तो बेलामा राष्ट्रियसभाले विशेष पहल लिनुपर्ने धारणा उहाँले राख्नुभयो ।