२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै ३२ लाख रूपैयाँसहित दुई जना पक्राउ



अ+ अ-

रूपन्देही । स्रोत नखुलेको झण्डै ३२ लाख रूपैयाँसहित दुई जनालाई पक्राउ परेका छन् ।  रूपन्देही प्रहरीले मंगलबार दिउँसो करिब पौने दुई बजे सिद्धार्थनगर नगरपालिका  १ बाइपासबाट दुई जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सोही स्थानका २१ वर्षीय विनय कलवार र  भारत उत्तरप्रदेश नौतनवाका ३५ वर्षीय सुरन गौणलाई पक्राउ गरेको हो । 

कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटर चेक गर्दा उनले बोकेको कालो झोलाबाट ३१ लाख ९० हजार रूपैयाँ फेला परेको प्रहरी उपरीक्षक केसीले बताए।

उनीहरूमाथि थप अनुसन्धान गर्न स्कुटरसहित राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।