२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झण्डै ३२ लाख रूपैयाँसहित दुई जना पक्राउ



अ+ अ-

रूपन्देही । स्रोत नखुलेको झण्डै ३२ लाख रूपैयाँसहित दुई जनालाई पक्राउ परेका छन् ।  रूपन्देही प्रहरीले मंगलबार दिउँसो करिब पौने दुई बजे सिद्धार्थनगर नगरपालिका  १ बाइपासबाट दुई जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सोही स्थानका २१ वर्षीय विनय कलवार र  भारत उत्तरप्रदेश नौतनवाका ३५ वर्षीय सुरन गौणलाई पक्राउ गरेको हो । 

कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटर चेक गर्दा उनले बोकेको कालो झोलाबाट ३१ लाख ९० हजार रूपैयाँ फेला परेको प्रहरी उपरीक्षक केसीले बताए।

उनीहरूमाथि थप अनुसन्धान गर्न स्कुटरसहित राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।