१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै

गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै
अ अ+ अ-

गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले उपल्लो तहमा सिफारिस गरिसकेको छ । बालमैत्री नगर घोषणासँगै जिल्लाको १० पालिकामध्ये पहिलो बालमैत्री पालिका गलकोट हुनेछ ।

नगरपालिकाले यही फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ । गलकोटले बालमैत्री नगरपालिका घोषणाका लागि २०७७ मङ्सिरबाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र अभिमुखीकरणलगायतका काम थालेको थियो ।

नगरपालिकाले दुई वर्षदेखि ११ वडामै सहजकर्ता र एक अधिकृतस्तरको कर्मचारीसमेत खटाएको थियो ।

नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेर प्रमाणीकरणका लागि जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

“नगरपालिकाले दुई वर्षदेखि अथक प्रयास गरेर नगरलाई बालमैत्री नगरपालिका घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचक पूरा गरेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यका सबै सूचकामा शतप्रतिशत नतिजा हासिल भइसकेको छ, शिक्षा, खानेपानी, बालविवाह, मालमैत्री संरचना, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन भइरहेको छ, केही पुराना संरचना बालमैत्री छैनन्, सुधार गर्न सक्नेलाई बालमैत्री बनाइयो, नगरपालिकाले नयाँ निर्माण गर्ने संरचना बालमैत्री बन्ने गरी नक्सा पास गर्ने गरेको छ, बालविवाह अन्त्यका लागि सेचतनामूलक कार्यक्रम गरिरहेका छौँ ।”

नगरप्रमुख गैरेका अनुसार जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको जिल्लास्तरीय बाल कल्याण समितिले नगरपालिकाका विभिन्न वडाको अनुगमन गरिसकेको छ । नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि लगानी सम्मेलन, वडास्तरमा बाल सञ्जाल गठन, विद्यालय, अस्पाताल, वडा कार्यालय, प्रहरी चौकी तथा सामाजिक सङ्घसंस्थालाई बालमैत्री बनाइसकेको छ । नगरपालिकाले यसका लागि हालसम्म रु दुई करोड ५० लाख रकम खर्च गरिसकेको छ ।

जिल्लास्तरीय समितिले निर्णयपश्चात गण्डकी प्रदेशस्तरीय समितिले अनुमोदनपश्चात बालमैत्री वडा घोषणा हुने छ । बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले पठाएको ११ वटै वडाको सूचकको प्रतिवेदनका आधारमा अनुगमन गरिसकेको र २२ सामान्य बुँदामा सुझाव पेस गरिसकेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताउनुभयो ।

“अनुगमनका क्रममा धेरै सूचक पूर्णरूपमा पूरा भएको र केही सूचक मापदण्डअनुसारका पाइयो, कतिपय सूचक यस्ता छन् जुन तत्कालै गर्न र देख्न सम्भव छैनन्, जसलाई नगरपालिकाले निरन्तररूपमा बजेट विनियोजन गरेर कार्यक्रम गर्दै जानु पर्दछ”, उहाँले भन्नुभयो, “मुख्य कुरा भौगोलिक समस्याका कारण केही विद्यालयमा बालमैत्री संरचना बनाउनसमेत समस्या छ, भिरालो जग्गा छ यो गलकोटको मात्र समस्या हैन, कतिपय सूचक विस्तारै शतप्रतिशत पूरा हुने गरी काम भइरहेको देखियो, अनुगमनपश्चात २२ बुँदे सुझाव पेस गरेका छौँ । जसमध्ये नगरपालिकाले तत्कालै चार–पाँच सूचकलाई थप प्रमाणीकरण गर्ने देखिएको छ, पुनः सुझाव कार्यान्वयनमा आएपछि अझै एकपटक अनुगमन गरेपछि मात्रै घोषणाका लागि अनुमति दिन्छौँ ।”

गलकोट नगरपालिका फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा भएमा गण्डकी प्रदेशको चौथो बालमैत्री पालिका र साविक धवलागिरि अञ्चलको पहिलो पालिका हुनेछ ।

बालमैत्री नगरपालिका घोषणपश्चात नगरपालिकाले बालमैत्री नगरपालिका कायम गर्नका लागि निरन्तर बजेट विनियोजन तथा कार्यान्वयन गर्दै लैजानुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार बालमैत्री नगरपालिका घोषणापश्चात थुप्रै मानव विकासका कार्य गर्न सकिने र यसलाई प्रभावकारी बनाउनका लागि हाल पूरा भएका सूचकले सहयोग पु¥याउनेछन् ।

नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा निरन्तर समावेश गर्दै आएको अनुगमनका क्रममा पाइएको जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिनुभयो । बालबालिकाको शिक्षा, स्वास्थ्य, पूर्णखोप, स्तनपान, पोषण, बालविवाह, बालसहभागिता, बालमैत्री भौतिक संरचना, सामाजिक क्रियाकलापमा बाल सहभागिता र बालश्रमको अन्त्यलगायतका ५१ सूचक पूरा गरेमा नगरपालिका बालमैत्री घोषणा गर्न मिल्ने राष्ट्रिय मापदण्ड रहेको छ । रासस