एजेन्सी । युरो २०२० फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज (बुधबार) राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा यी दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्दै फाइनलमा इटालीसँग भेट्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।
इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने डेनमार्कले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।
हेड टु हेडको कुरा गर्दा इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १२ खेलमा जित निकालेको छ भने डेनमार्कले ४ खेल जितेको छ । यस्तै ५ खेल बराबरीमा सकिएको छ ।