१४ श्रावण २०८३, बिहीबार
,
Latest
मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोनाकोसँग हार्यो पीएसजी



अ+ अ-

काठमाडौँ । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले हार ब्यहोरेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीलाई मोनाकोले ३-१ गोल अन्तरले हराएको हो ।

खेलको चौंथो मिनेटमा एलेक्सान्ड्र गोलोभिनले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । खेलको १८ औं मिनेटमा विसम बेन एड्डरले गोल गर्दै मोनाकोको अग्रता दोब्बर बनाए ।

३९ औं मिनेटमा वारेन इम्रीले गोल गर्दै पीएसजीलाई २-१ को अवस्थामा ल्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा विसमले व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोलाई ३-१ को जित दिलाए ।

जितसँगै मोनाको २३ खेलमा ४७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पीएसजी ५४ अंकका साथ शीर्ष स्थानमा यथावत छ ।