११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

वन्यजन्तु बढेपछि किसान हैरान: ‘न खेतबारीको बाली भन्न पाइन्छ, न थाक्रामा झुत्याएका मकै’

वन्यजन्तु बढेपछि किसान हैरान: ‘न खेतबारीको बाली भन्न पाइन्छ, न थाक्रामा झुत्याएका मकै’
फाईल फोटो
अ अ+ अ-

महोत्तरी । “न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो”, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्नुहुन्छ, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ ।

खेतबारीमा बाँदर, निलगाई र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका बर्दिबास नगरपालिकाका वन क्षेत्र नजिकका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसानको हैरानी बढेको छ ।

वन्यजन्तुले बस्ती/बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर भने जिल्लाका तल्लो भेगका बस्तीमा देखिँदैनन् तर नीलगाई र बँदेलचैँ हुलमै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमीटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् । बाँदर र दुम्सीले भने वन क्षेत्र नजिकका बस्तीमा सताउने गरेका छन् ।

राधाजस्तै पूर्वपश्चिम राजमार्गबाट करिब पाँच किलोमिटर दक्षिणको बर्दिबास–७ मनहरिपुरकी ७० वर्षीया इन्द्रमायाँ पौडेल पनि वन्यजन्तुले हैरान खेलाएको बताउनुहुन्छ । “यता बाँदर त लाग्दैनन्, तर नीलगाई र बँदेलले खेतबारीको बाली नोक्सान पारेर धुरुक्क रुवाए”, पौडेलले भन्नुभयो । खासगरी कोवी, बन्दा, केराउजस्ता तरकारी बाली र अहिले लहलहाउँदै गरेको गहुँ नीलगाई र बँदेलले नोक्सान गर्ने गरेका पौडेलको भनाइ छ ।

आफ्नो बस्तीमा बँदेल र नीलगाईले बाली नोक्सान गरेर सताएको भारतीय सीमावर्ती बस्ती सम्सीका मुनेश्वर यादव बताउनुहुन्छ । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको यादवको भनाइ छ । बँदेलले रातीमात्र बाली नोक्सान गर्छ । तर ठूलै समूहमा देखिने नीलगाईले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका भारतसँग जोडिएको सोनमा गाउँपालिका–३ रघुनाथपुरका रामप्रताप यादव बताउनुहुन्छ । नीलगाईचैँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेललेभने रातिमा बस्तीभित्रै पसेर घरकरेसाका केराका थामसमेत लडाउने गरेको सम्सी गाउँका इम्तियाज अहमद बताउनुहुन्छ ।

नीलगाई मानिसको डरले भाग्ने गरे पनि बँदेलचैँ झम्टन आउने गरेपछि खेतबारी डुल्न डर भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताउनुभयो । बँदेलले प्रत्येक रातजसो फूलकोबी, बन्दाकोबी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गर्छ ।

जिल्लाको बर्दिबास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरीपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भुचक्रपुर, राजपुर र धतियाटोलतिर चार÷पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ । बँदेलले त कैयन छिमल बच्चा यतै हुर्काइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउनुहुन्छ । दुम्सी आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका दाहालको भनाइ छ ।

नीलगाई र बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैन । उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनिंया र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर दुःख दिने गरेको छ । वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेका हरुको भनाइ छ । रासस